सेइफर्ट र एलेनले रचे इतिहास
काठमाडाैँ। विश्वकप टी–२० मा न्युजिल्यान्डले आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै लगातार दोस्रो जित दर्ता गरेको छ। मंगलबार सम्पन्न खेलमा न्युजिल्यान्डले युनाइटेड अरब इमिरेट्स (युएई) लाई १० विकेटको विशाल अन्तरले पराजित गरेको हो।
चेन्नईस्थित चेपौक स्टेडियममा युएईले दिएको १७४ रनको लक्ष्यलाई न्युजिल्यान्डले कुनै पनि विकेट नगुमाई १५.२ ओभरमै सहजै भेट्टायो। न्युजिल्यान्डको जितमा ओपनरद्वय टिम सेइफर्ट र फिन एलेनले विष्फोटक ब्याटिङ गरे।
सेइफर्टले अविजित ८९ रन बनाए भने एलेन ८४ रनमा नटआउट रहे। यी दुईबिच भएको १७५ रनको ओपनिङ साझेदारी टी–२० विश्वकपको इतिहासमा न्युजिल्यान्डका ओपनरहरूले गरेको अहिलेसम्मकै ठूलो साझेदारी हो। उनीहरूको आक्रामक ब्याटिङका अगाडि युएईका बलरहरू निरिह देखिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। युएईका लागि कप्तान मुहम्मद वसीमले ६६ रन र अलीशान शराफूले ५५ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
न्युजिल्यान्डका बलर म्याट हेनरीले २ विकेट लिए भने ज्याकब डफी, लकी फर्गुसन, मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान १–१ विकेट हात पारे।
यो जितसँगै न्युजिल्यान्ड समूह ‘डी’ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। दुई खेलबाट ४ अंक जोडेको न्युजिल्यान्डले अब समूह चरणका आगामी खेलमा क्यानडा र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। यस समूहमा दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण