शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थानीयले बयालिस थान हतियार बुझाए

शुक्रबार, ०१ फागुन २०८२, ०७ : २६
शुक्रबार, ०१ फागुन २०८२

बागलुङ । स्थानीय प्रशासनको आह्वानअनुरुप बागलुङका स्थाानीयले इजाजत प्राप्त ४२ थान हतियार प्रशासनसमक्ष बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक, सटगनलगायत हतियार स्थानीयले बुझाएका हुन् । हतियार बुझाउने क्रम जारी रहेको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनले हतियार लिएका सबैलाई निर्वाचन अगाडि नै प्रहरी प्रशासनसमक्ष बुझाउन पुनः आग्रह गरे ।

अटेर गरेमा अनुमतिपत्र रद्द गरिने चेतावनी दिँदै उनले नजिकको प्रहरी चौकी वा आफूलाई पायक पर्ने सुरक्षा निकायमा हतियार बुझाउन अनुरोध गरे । 

यसअघि जिल्ला प्रशासनले खोजी अभियान सञ्चालन गरेर इजाजत नलिएका ११५ थान हतियार बरामद गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप