अमेरिकी सेना बाहिरिएपछि सिरियाली सेनाको नियन्त्रणमा अल तन्फ सैन्य शिविर
सारांश
- सिरियाली सेनाले इराक र जोर्डनको सीमा नजिकै रहेको अल तन्फ सैन्य शिविर नियन्त्रणमा लिएको छ।
- अमेरिकी सेना र सिरियाली सेनाबीचको समन्वयमा शिविर हस्तान्तरण भएको हो, र सेनाले सीमा क्षेत्रमा सुरक्षा बढाएको छ।
- अमेरिकी सैनिक फिर्तीपछि सिरियाली सरकारले देशभर नियन्त्रण विस्तार गरिरहेको छ।
दमास्कस । सिरियाको सेनाले रणनीतिक अल तन्फ सैन्य शिविर नियन्त्रणमा लिएको छ । इराक र जोर्डन सिमाना नजिक रहेको रणनीतिक महत्वको अल तन्फ सैन्य आधार सिरियाली सरकारको सेनाले आफ्नो नियन्त्रणमा लिएको सिरियाली रक्षा मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार सिरियाली सेना र अमेरिकी पक्षबिचको समन्वयमा उक्त शिविर सुरक्षित रूपमा हस्तान्तरण गरिएको छ । बिहीबार जारी विज्ञप्तिमा सिरियाली अरब सेनाले शिविर र आसपासका क्षेत्रको सुरक्षा जिम्मा लिएको छ भने नजिकैको सिरिया–इराक–जोर्डन सीमा क्षेत्रमा सेना तैनाथ गर्न थालिएको उल्लेख छ ।
आगामी दिनहरूमा सीमा सुरक्षाकर्मी पनि खटाइने बताइएको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले पनि सैनिक फिर्तीको पुष्टि गर्दै यसलाई योजना अनुसारको चरणबद्ध सङ्क्रमणको हिस्सा भनेको छ । सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आईएसआईएसबाट आउने सम्भावित खतरामाथि निगरानी जारी रहने बताएका छन् ।
अल तन्फ शिविर सन् २०१४ मा सिरियाली गृहयुद्धका बेला आईएसआईएल विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनका लागि प्रमुख केन्द्रका रूपमा स्थापना गरिएको थियो । सन् २०१७ मा आईएसआईएल पराजित भए पनि अमेरिकी सेना त्यहाँ उपस्थित रहँदै आएको थियो ।
अमेरिकी सैनिक फिर्ती सिरियाली सरकारले देशभर नियन्त्रण विस्तार गरिरहेको समयमा भएको हो । हालै अमेरिकी मध्यस्थतामा कुर्द नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ)लाई सरकारी संरचनामा समाहित गर्ने सहमति भएपछि स्थितिमा नयाँ मोड आएको छ ।
सन् २०२५ मा सिरियामा झन्डै १ हजार ५०० अमेरिकी सैनिक सिरियामा रहेको बताइएको थियो । तर अहिले यो सङ्ख्या घटेर ९०० मा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी सेनाले उत्तरपूर्वी सिरियाका केही शिविरबाट पनि गतिविधि घटाएको रिपोर्ट सार्वजनिक भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण