बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुँदै

शुक्रबार, ०१ फागुन २०८२, १२ : ५६
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • नेपाल हक्की संघले फागुन ४ गतेदेखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगिताका विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् र व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ।

काठमाडौँ । नेपाल हक्की संघले आगामी फागुन ४ गतेदेखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो वार्षिक कार्यक्रम अनुसार फागुन ४ देखि ११ गतेसम्म दशरथ रंगशालामा प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको हो। 

प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ मधेस, गण्डकी, कोशी, बागमती, सुदुर पश्चिम प्रदेश र नेपाल पुलिस क्लब सहभागी हुनेछन् भने महिलातर्फ कोशी, गण्डकी, मधेस, सुदुर पश्चिम र बागमती प्रदेशका टोलीहरू मैदान उत्रनेछन्। आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

पुरस्कारको हकमा पुरुष र महिला दुवैतर्फका शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार र प्रत्येक खेलको 'प्लेयर अफ द म्याच' लाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। 

दशरथ रंगशालामा हुने यस प्रतियोगिताले हक्की खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउने विश्वास संघले लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप