रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचनको मतदान बुधबार राति साढे १० बजेदेखि सुरु हुने भएको छ।
- निर्वाचन प्रक्रिया भोलि बिहान १० बजेसम्म सञ्चालन हुनेछ।
- चितवनमा जारी रास्वपाको महाधिवेशन अन्तर्गत यो निर्वाचन हुन लागेको हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने केन्द्रीय समिति निर्वाचनको मतदान बुधबार राति साढे १० बजेदेखि सुरु हुने भएको छ। यसअघि १० बजेदेखि नै निर्वाचन हुने भनिएकाे थियाे ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार मतदान प्रक्रिया भोलि बिहान १० बजेसम्म सञ्चालन हुनेछ।
निर्वाचन आयोगले निर्धारित समयभित्र व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा मतदान सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गर्ने जनाएको छ। आयोगले सबै प्रतिनिधिहरूलाई तोकिएको समयभित्र आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।
मतदान स्थल, डिजिटल मतपत्र तथा निर्वाचन प्रक्रियासम्बन्धी अन्य व्यवस्थाबारे प्रतिनिधिहरूलाई छुट्टै जानकारी गराइने आयोगले जनाएको छ।
आयोगले केन्द्रीय समिति निर्वाचनलाई सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा समेत गरेको छ। गत आइतबारदेखि चितवनमा रास्वपाकाे महाधिवेशन जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा पहिरोले गाडी पुरिँदा चालकको मृत्यु
-
मतदानको प्रतीक्षामा रास्वपा प्रतिनिधि (तस्बिरहरू)
-
पूर्वाधार, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै रुपन्देहीका पालिका
-
धौलागिरिमा ४८ करोड ५२ लाखको बजेट पारित
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण