गौरमा करदाता सेवा कार्यालय सार्न खोज्दा तनाव : बजार पूर्ण बन्द, प्रदर्शन जारी
रौतहट । रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्ने प्रयासले शुक्रवार गौर बजार तनावग्रस्त बनेको छ। स्थानीय व्यापारीहरू सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलित भएका हुन्।
स्थानीय व्यापारी र व्यवसायीको अवरोधपछि ट्रकमा लोड गरिएका कार्यालयका सामग्रीहरू पुनः अनलोड गरी कार्यालयमै फिर्ता गरिएको छ। सरकारले कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारी गरेको भनिएपछि व्यापारीहरू आन्दोलित बनेका हुन्।
गौर बजारको केन्द्रभागमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको कार्यालयका सामग्री चुपचाप सार्न खोजिएको भन्दै व्यवसायीहरूले विरोध जनाएका छन्।
कार्यालयका सामग्री बोकेको ट्रक बजारबाट निस्कन लाग्दा रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीसहित स्थानीय व्यापारीहरू ट्रकअगाडि धर्नामा बसेका थिए। स्थिति तनावपूर्ण बनेपछि घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
संघका महासचिव सन्तोष केसरीले निर्वाचनको मुखमा कार्यालय सार्ने प्रयासप्रति आपत्ति जनाउँदै पूर्वजानकारीविना गरिएको कदम अस्वीकार्य भएको बताएका छन्। ‘गौरबाट सेवा हटाउने निर्णय तत्काल फिर्ता लिनुपर्छ,’ उनले भनेका छन्।
- युवा र व्यवसायी सडकमा
स्थानीय युवा नेता विक्रम यादवसहितका युवाहरूले ट्रक रोकेपछि अन्य व्यवसायीहरू पनि सडकमा उत्रिएका थिए। बजार बन्दको घोषणा भएपछि अन्ततः ट्रकबाट सामान अनलोड गरिएको छ।
यस विषयमा नेपाली काँग्रेसका युवा नेता नितेशकुमार गुप्ताले गौरमै करदाता सेवा कार्यालय पूर्ण क्षमताका साथ सञ्चालन हुनुपर्ने माग गरे। उनले कार्यालय सारिए सेवाग्राहीलाई अनावश्यक दुःख हुने तर्क गरे।
त्यस्तै, धर्नास्थलमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता अजयकुमार गुप्ता, नेपाल कम्युनिस्ट पार्टीका नेता रेबन्त झा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीले पनि कार्यालय सार्ने प्रयासप्रति आपत्ति जनाएका छन्।
उनीहरूले निर्वाचनको पूर्वसन्ध्यामा सेवा केन्द्र हटाउने कदमले स्थानीय सेवाग्राही र व्यापारीहरू प्रत्यक्ष मारमा पर्ने चेतावनी दिए।
हाल गौरका व्यापारीहरूले पसल बन्द गरेर प्रदर्शन गरिरहेका छन्। भन्सार कार्यालय अगाडि नाराबाजी जारी छ भने सरकारको निर्णय फिर्ता लिन माग गरिएको छ। अहिले गौर बजार पूर्ण रूपमा प्रभावित बनेको छ। प्रशासनले अवस्था सामान्य बनाउने प्रयास जारी रहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण