पहिलो महिला विजेता बन्दै नीताकुमारीले जितिन् ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि
शनिबार, ०२ फागुन २०८२, २३ : २३
सारांश
- नीताकुमारी थापा मगरले 'भ्वाइस अफ नेपाल' सिजन ७ को उपाधि जितिन्, र इतिहास रचिन्।
- उनी उक्त प्रतियोगिताको इतिहासमा उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बनिन्।
- फाइनलमा सागर संसार राई उपविजेता र पुनम गुरुङ तेस्रो स्थानमा रहे।
काठमाडौँ । ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जित्दै इतिहास रचेकी छन् । उनी उक्त प्रतियोगिताको इतिहासमा उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बनेकी हुन् ।
कोच राजु लामा को टिमबाट प्रतिस्पर्धा गरेकी थापाले ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिँदै शनिबार उपाधि उचालेकी हुन् ।
फिनालेमा कोच खेम सेन्चुरी को टिमका सागर संसार राई उपविजेता घोषित भए भने कोच प्रमोद खरेल को टिमकी पुनम गुरुङ तेस्रो स्थानमा रहिन् । त्यस्तै, कोच मेलिना राई को टिमकी सञ्जिता दुरा सान्त्वना स्थानमा सीमित भइन् ।
शुक्रबार र शनिबार प्रसारित ग्रान्ड फिनाले एपिसोडमा यस सिजनका अन्य प्रतिभाशाली प्रतिस्पर्धीहरूले पनि आकर्षक प्रस्तुति दिएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण