चरित्रमा प्रश्न उठाउँदै श्रीमतीको हत्या गरी फरार
सारांश
- रौतहटमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् र उनी फरार छन्।
- श्रीमती र श्रीमान्बीच लामो समयदेखि सम्बन्ध राम्रो नभएको बताइएको छ, र उनीहरु केही समयदेखि छुट्टाछुट्टै बस्दै आएका थिए।
- घटनास्थलबाट धारिलो हतियार बरामद भएको छ, र प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
रौतहट । रौतहटको पश्चिमी भेगस्थित फतुवा विजयपुर नगरपालिका–६ पेटभरवाका ४५ वर्षीय महन्थ राय यादवले आफ्नै ३५ वर्षीय श्रीमती आरती देवी यादवको हत्या गरेका छन् । धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि यादव फरार भएका छन् ।
फतुवा विजयपुर नगरपालिका–६ का अध्यक्ष रामएकवाल यादवका अनुसार महन्थ र आरतीबिच केही वर्षदेखि राम्रो सम्बन्ध थिएन । महन्थ गाउँ नजिकैको चोकमा सानो होटल सञ्चालन गर्दै आएका थिए भने उनकी श्रीमती आरती करिब तीन वर्षदेखि उद्योगमा काम गर्ने भन्दै घर छाडेर वीरगञ्ज, जीतपुर, सिमरा र चन्द्रपुरलगायत स्थानमा बस्दै आएकी थिइन् ।
पाँच दिनअघि मात्र उनी श्रीमानको घर फर्किएकी थिइन् । दम्पतीबिचको विवादकै कारण उनका दुई छोरा गरुडा नगरपालिकास्थित मामाघरमा बस्दै आएका छन् ।
शनिबार राति सँगै खाना खाएर सुतेका दम्पती आइतबार बिहान ११ बजेसम्म बाहिर ननिस्किएपछि स्थानीयवासीलाई शंका लागेको थियो । वडा अध्यक्ष यादवका अनुसार स्थानीयले खबर गरेपछि उनले इलाका प्रहरी कार्यालय सन्तपुर, दोस्तियालाई यसबारे जानकारी गराएका थिए ।
प्रहरी टोलीले स्थानीय र जनप्रतिनिधिको रोहवरमा घरको ढोका खोल्दा आरती देवी यादव मृत अवस्थामा फेला परेकी थिइन् । उनको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरिएको देखिएको थियो । घटनास्थलबाट सानो बन्चरो र मासु काट्ने दाउ बरामद भएको प्रहरीले जनाएको छ ।
घटनापछि महन्थ फरार छन् । वडा अध्यक्ष यादवले प्रहरीको रोहवरमा आरोपितको मोबाइलमा सम्पर्क गर्दा उनले आरतीलाई ‘चरित्रहीन’ भएको आरोप लगाउँदै हत्या गरेको स्वीकार गरेका छन् । उनले सोमबार प्रहरी समक्ष आत्मसमर्पण गर्ने जानकारी दिएको अध्यक्ष यादवले बताए ।
रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले दम्पतीबिच लामो समयदेखि विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनले अनुसन्धान पूरा नभएसम्म घटनाको कारणबारे ठोस निष्कर्षमा पुग्न नसकिने स्पष्ट पारे ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण