सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुर्खेतमा एक महिनामा ७३ वटा सवारी साधन दुर्घटना, ५ जनाकाे मृत्यु

मङ्गलबार, ०५ फागुन २०८२, १४ : ११
मङ्गलबार, ०५ फागुन २०८२

सुर्खेत । पछिल्लो समय सुर्खेतमा सवारी साधन दुर्घटना बढ्दो छ । विशेष गरी राजधानी वीरेन्द्रनगरभित्र नै दिनहुँजसो सवारी दुर्घटनामा पर्ने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, माघ महिनाभर जिल्लामा ७३ वटा सवारी साधनहरू दुर्घटनामा परेका छन् ।

जसमध्ये १३ जिप कार, ५ ट्याक्टर, १० टेम्पो, ३५ मोटरसाइकल, ८ वटा माइक्रो लगायत टिप्परहरु पनि छन् । यी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् । जसमा २ महिला ३ पुरुष छन् ।

यस्तै २३ जना गम्भीर घाइते र ६१ जना साधारण घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

यस्तै, प्रहरीले माघ महिनाभर ट्राफिक उल्लङ्घन गर्ने १ हजार २२ वटा सवारी साधनलाई कारबाही गरेको छ, जसबाट ९ लाख ३९ हजार ५ सय राजस्व सङ्कलन भएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप