वीरेन्द्रनगरमा हवाई फायर गरी लागुऔषध कारोबारी पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधबारे ‘विशेष अप्रेसन’ नै चलाएको छ । सोही अन्तर्गत गएराति मात्रै ३ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले चिङ्गाड गाउँपालिका–४, का ४७ वर्षीय ललित चन्दलाई त हवाई फायर नै गरेर नियन्त्रणमा लिनु परेको बताए ।
‘उसको साथबाट ३६ ग्राम ७३० मिलिग्राम लागुऔषध बरामद भएको छ,’ उनले भने ,बेलुका ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका–८ मा लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचना आयो । सोही अनुसार, प्रहरी टोलीले चन्दलाई शङ्कास्पद अवस्थामा फेला पार्यो । ‘उसलाई हामीले नियन्त्रण गर्न खोज्दा त हामीलाई नै उल्टै हातपात तथा आक्रमण गरी ठुलो मात्राको लागुऔषधसहित भाग्न खोज्यो,’ डीएसपी बुढ्थापाले रातोपाटीसँग भने, ‘त्यसपछि प्रहरी टोलीले बल प्रयोग स्वरूप १ राउण्ड हवाई फायर गर्नुपर्यो ।’
चन्दलाई मंगलबार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बुढ्थापाले बताए । यस्तै, गएराति नै ९ बजेतिर ८ ग्राम ६ मिलिग्राम लागुऔषधसहित अन्य दुई महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ की २० वर्षीया माया नेपाली र २८ वर्षकी संगीता विक रहेका छन्। उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–११ बाट नियन्त्रणमा लिइएको डीएसपी बुढ्थापाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण