खैरो हेरोइनसहित होस्टल सञ्चालिका पक्राउ
मङ्गलबार, ०५ फागुन २०८२, १५ : ११
सारांश
- प्रहरीले काठमाडौँको बानेश्वरबाट होस्टल सञ्चालिकालाई पक्राउ गरेको छ।
- होस्टलबाट ०.१३ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ।
- सप्तरीकी मायाकुमारी देवी मिश्रलाई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँको बानेश्वरबाट होस्टल सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ घर भएकी ४५ वर्षीया मायाकुमारी देवी मिश्र छिन् ।
बानेश्वरको कात्यानी चोकस्थित उनले सञ्चालन गरेको न्यू कस्यप ब्वाईज होस्टलबाट प्रहरीले ०.१३ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । केहिदिन अघि प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले छापा मार्दा होस्टलको काउन्टरमा खैरो हेरोइन भेटिएको थियो ।
आरोपी विरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)
-
हाइड्रेसन प्रविधिको बढ्दो लोकप्रियताः के तपाईंलाई आफ्नो ‘पसिनाको स्कोर’ थाहा छ ?
-
सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार
-
महाधिवेशन नसकिँदै चितवन छाड्न थाले रास्वपाका नेता, कार्यकर्ता
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण