‘साके एन्ड फेङ्ग’ मा अब नेवारी स्वाद, पान–एसियन रेस्टुरेन्टले ल्यायो विशेष मेनु
सारांश
- लाजिम्पाटस्थित होटल ले हिमालयको 'साके एन्ड फेङ्ग' रेस्टुरेन्टले नेवारी परिकारसहितको नयाँ मेनु सार्वजनिक गरेको छ।
- रेस्टुरेन्टले स्थानीय स्वाद र सांस्कृतिक मौलिकतालाई जोड दिँदै नेवारी खाजा र परिकार थप गरेको हो।
- ग्राहकहरूले रेस्टुरेन्टको आधुनिक वातावरणमा नेवारी स्वादको आनन्द लिन सक्नेछन्।
काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयको छैटौँ तलामा रहेको चर्चित रेस्टुरेन्ट ‘साके एन्ड फेङ्ग’ ले आफ्ना ग्राहकका लागि मौलिक नेवारी परिकार समेटिएको नयाँ विशेष मेनु सार्वजनिक गरेको छ।
पान–एसियन भोजनका लागि ख्याति कमाएको यस फाइन डाइनिङ रेस्टुरेन्टले स्थानीय स्वाद र सांस्कृतिक मौलिकतालाई प्रोत्साहन गर्ने उद्देश्यले नेवारी खाजा र विभिन्न परिकारहरू थप गरेको हो।
नेवारी संस्कृति र यसका परिकारहरू आफ्नै विशेष मसला, मौलिक बनाउने शैली र विविधताका लागि विश्वभर प्रसिद्ध छन्। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत पकाउने विधि र स्थानीय सामग्रीको प्रयोगले यी परिकारलाई स्वादिलो मात्र नभई स्वस्थ समेत बनाउने गर्दछ। अब ग्राहकले साके एन्ड फेङ्गको आधुनिक र विलासी वातावरणमा बसेर यी रैथाने स्वादको मज्जा लिन पाउनेछन्।
उच्चस्तरीय इन्डोर तथा आउटडोर एम्बियन्स, निजी डाइनिङ रुम, मिटिङ हल र कराओके रुमको सुविधा रहेको यस रेस्टुरेन्टले कर्पोरेट मिटिङदेखि पारिवारिक जमघटसम्मका लागि उपयुक्त वातावरण प्रदान गर्दै आएको छ ।
गुणस्तरीय सामग्री र उत्कृष्ट प्रस्तुतीकरणमार्फत नेवारी भोजनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता रेस्टुरेन्टले व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण