दैलेख–२ : नेकपाका उम्मेदवारद्वारा ‘संयुक्त जनसभा’को प्रस्ताव
सुर्खेत । दैलेख क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार योगेन्द्रबहादुर शाहीले ‘संयुक्त चुनावी जनसभा’ लागि प्रस्ताव गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झन्झटिलो, बोझिलो र खर्चिलो छुट्टाछुट्टै चुनावी सभा गर्नुभन्दा संयुक्त जनसभा गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
‘आफ्नो प्रतिबद्धता र योजनासहित उम्मेदवारहरूले जनसम्बोधनका लागि संयुक्त चुनावी जनसभाका लागि म हाम्रो क्षेत्रका ११ वटै विभिन्न राजनीति पार्टी र स्वतन्त्र उम्मेदवारहरूलाई हार्दिक आह्वान गर्दछु,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
उनले प्रस्तावमा उक्त क्षेत्रमा पर्ने ५ वटै स्थानीय तहमा स्वतन्त्र पत्रकार/व्यक्तिलाई सहजकर्ताको भूमिका दिई आम जनतालाई चुनावी जनसभामा सहभागिताका लागि आह्वान गरे । उनले अगाडी थपे, ‘संयुक्त जनसभामा प्रत्येक उम्मेदवारहरूले अधिकतम १५–२० मिनेट (समय सिमाभित्र), न्यूनतम मापदण्डमा रहेर आ–आफ्ना धारणा राख्ने खाले कार्यक्रम बनाएर जान सकिन्छ ।’
यसले गर्दा आम जनतालाई हार्दिकतापूर्वक निर्वाचनमा पार्टी र उम्मेदवार रोज्न सक्ने सहज वातावरण बन्ने शाहीले बताए ।
उक्त संयुक्त जनसभामा लाग्ने खर्च ११ वटै राजनीति पार्टी र स्वतन्त्र उम्मेदवारहरूले बराबरी व्यहोर्ने गरी न्यूनतम खर्चमा आ–आफ्ना प्रतिबद्धता जनतामाझ लिन सकिने पनि शाहीको भनाइ छ ।
‘यसले नयाँ राजनीतिक संस्कार र सभ्य समाज निर्माण गर्न ज्वाला–पञ्चकोशी क्षेत्रको यस पवित्र भूमिबाट देशलाई नै नयाँ खालको सन्देश प्रवाह हुनेछ,’ उनले भनेका छन् ।
यो क्षेत्रमा एमालेबाट लक्ष्मीप्रसाद पोखरेल, कांग्रेसबाट दीक्पालकुमार शाही, रास्वपाबाट बखतबहादुर शाही लगायत ११ जना उम्मेदवार छन् । शाहीको आह्वानलाई अन्य राजनीतिक कार्यकर्ताहरूले समेत स्वागत गरेका छन् । यद्यपि अन्य उम्मेदवारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
यहाँ ११ जना उम्मेदवार भएपनि विशेष गरी ४ जनाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण