शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बनेपा दुर्घटना अपडेट : स्थानीयले टिपरमा लगाए आगो

बुधबार, ०६ फागुन २०८२, १० : २८
बुधबार, ०६ फागुन २०८२

बनेपा । अरनिको राजमार्गस्थित बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् । प्रहरीको अवरोधका बाबजुद स्थानीयले टिपरमा आगो लगाएका हुन् । 

बनेपाको दूरसञ्चार नजिकै आज बिहान भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको थियो ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई  ठक्कर दिँदा अर्का एक जना घाइते भएका छन् । यससँगै बनेपा मुख्य सडक क्षेत्र तनावग्रस्त बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप