बनेपामा टिपरको ठक्करबाट एक जनाको मृत्यु, टिपरमा आगजनी
बुधबार, ०६ फागुन २०८२, १० : ५१
काठमाडौँ । काभ्रेको बनेपामा बुधबार टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधान छन् ।
दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेका छन् । सो टिपरले बागमती प्रदेश–०२९–०६३ प १९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । सूर्यबिनायक-बनेपा सडक खण्डको बाटो निर्माणमा प्रयोग गरिएको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रबिन विष्टले रातोपाटीलाई बताए ।
टिपरले बनेपाबाट साँगातिर जाँदै गरेका स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयले सड्क अवरुद्ध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण