एमाले देश बनाउने शक्ति हो : ईश्वर पोखरेल
सारांश
- ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ मा घरदैलो कार्यक्रम गर्दै मतदातासँग भेटघाट गरेका छन्।
- पोखरेलले एमाले देश बनाउने शक्ति भएको र पार्टीका एजेन्डा जनतामाझ राख्न आग्रह गरे।
- उनले निर्वाचनमा एमालेको जित आवश्यक रहेको र काठमाडौं क्षेत्र नम्बर ५ लाई नमुना बनाउने प्रतिबद्धता जनाए।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् । नेता पोखरेलले घरदैलोका क्रममा टोल टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना सुनाइरहेका छन् ।
बुधवार टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति भएको उल्लेख गरे । उनले पार्टीले सधैँ देश निर्माणका लागि काम गर्दै आइरहेको समेत बताए ।
‘एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ पोखरेलले भने । नेता पोखरेलले एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बिचमा पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध पनि गरे ।
साथै, उनले जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । नेता पोखरेलले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याए ।
घरदैलोका क्रममा नेता पोखरेलले २१ फागुनमा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रका लागि आफूले तयार पारेका विकासका योजनाहरू जनतासमक्ष प्रस्तुत गरिरहेका छन् । काठमाडौँ क्षेत्र नम्बर ५ लाई नमुना क्षेत्र बनाउने प्रतिबद्धतासहित पोखरेल मत माग्न व्यस्त रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण