सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

गठबन्धनको दूषित राजनीति गर्दैनौँ, विगतका त्रुटिलाई सच्याउँछौँ  : सभापति थापा

बिहीबार, ०७ फागुन २०८२, १५ : ०३
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताए।
  • उनले पार्टी सञ्चालनका कमी कमजोरी सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए।
  • कांग्रेसले यस पटकदेखि गठबन्धन नगर्ने र विभिन्न नियुक्तिमा भागबण्डा नगर्ने प्रतिबद्धता जनाए।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताए ।

प्रतिज्ञा पत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले पार्टी सञ्चालनका बेला भएका कमी कमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए ।

‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने सङ्कल्प लिएर आएका छौँ’, उनले भने ‘हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ ।’

सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेका कारण यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने उनको प्रतिज्ञा छ । 

‘चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबण्डा हुँदैन हुन दिँदैनौँ । यो बदलिएको कांग्रेसको सङ्कल्प हो’, सभापति थापाले भने । 

उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने विश्वास दिलाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप