आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति

बिहीबार, ०७ फागुन २०८२, १६ : ३१
बिहीबार, ०७ फागुन २०८२

काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण रहेको बताएका छन् । राससको ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार उनले यस्ताे बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउने कार्यमा सञ्चारजगतको भुमिका महत्वपूर्ण हुने बताए । संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता जस्ता संवैधानिक मूल्य मान्यताहरूको पक्षपोषणमा सञ्चारजगत खरो उत्रिनुपर्नेमा जाेड दिए।

उनले आग्रह र पूर्वाग्रहबाट मुक्त भई रूपान्तरित सोचका साथ राष्ट्रिय हितमा कार्य गर्न सञ्चारकर्मीहरूलाई आह्वान गरे ।

आधुनिक प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा ल्याएको चुनौतीलाई अवसरका रूपमा बदल्न राससले आफ्नो व्यावसायिक आचरणलाई परिष्कृत र परिमार्जित गर्नुपर्नेमा उनको जोड छ ।

उपराष्ट्रपति यादवले राजनीति केन्द्रित समाचारका साथै शिक्षा, स्वास्थ्य र प्रदेशस्तरीय जनसरोकारका मुद्दाहरूलाई पनि समान प्राथमिकता दिन सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप