शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुरक्षा समितिको बैठक निर्णय

चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय

‘उम्मेदवारलाई सुरक्षा खतरा हुने निष्कर्ष’
बिहीबार, ०७ फागुन २०८२, १९ : ५३
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • निर्वाचन प्रचारमा प्रयोग हुने 'रुफटप भेहिकल'को प्रयोगमा सुरक्षा समितिले रोक लगाउने निर्णय गरेको छ।
  • गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
  • बैठकले निर्वाचनको तयारी र कर्मचारीको निष्पक्षताबारे पनि छलफल गरेको छ।

काठमाडौँ । निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर हिँडन मिल्ने ‘रुफटप भेहिकल’ प्रयोग गरेको बारेमा केन्द्रिय सुरुक्षा समितिमा छलफल भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले त्यस्ता गाडी प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । उम्मेदवारहरुको सुरक्षालाई ध्यान दिएर त्यस्ता भेहिकल(गाडी) प्रयोगमा रोक लगाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधी र सहसचिव आनन्द काफ्ले सहभागी थिए ।

प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिका अधिकारीहरु पनि बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका थिए । अहिले देशभर छत खुल्ला भएको गाडीबाट उम्मेदवारहरुले भोट माग्ने प्रचलन बढ्दो छ । सह सचिव काफ्लेले भने, ‘उम्मेदवारलाई सुरक्षा खतरा हुने निष्कर्ष निकाल्दै त्यस्ता भेहिकल प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय गरिएको हो ।’

बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अहिलेसम्मको गतिविधि र तयारीबारे छलफल गरेको छ । तयारी राम्रो रहेको निष्कर्ष निकल्दै तयारीलाई थप सुदृढ बनाउने निर्णय गरिएको छ।

निर्वाचनमा तटस्थता र निस्पक्षता अपनाउन कर्मचारी खटन पटनमा नै सचेत हुनेबारे छफल भएको छ । उनले भने, ‘कर्मचारीका कारण दण्डहिनता हुन नदिने निर्णय गरेका छौं ।’

केन्द्रिय सुरक्षा समितिले निर्वाचन अवधिभर जिल्ला सुरक्षा समितकौ बैठक दैनि बस्न निर्देशन दिएको छ । त्यस्तै सुरक्षा निकायहरुले संयुक्त पट्रोलिङलाई बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप