सिद्धेश्वरले उचाल्यो राष्ट्रपति रनिङ शिल्ड
सारांश
- सिद्धेश्वर माविले १३ स्वर्ण पदक जित्दै प्रतियोगिताको उपाधि जित्यो।
- विद्योदय मावि दोस्रो र पञ्चकन्या मावि तेस्रो स्थानमा रहे।
- भोजपुर नगरपालिकाका प्रमुखले विजेताहरूलाई पुरस्कार दिए।
भोजपुर । भोजपुर रङ्गशालामा सञ्चालित सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भोजपुर–४ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय दाँवाले जितेको छ ।
उक्त प्रतियोगितामा सिद्धेश्वर माविले १३ स्वर्ण, छ रजत र पाँच कास्य प्राप्त गरेको छ । प्रतियोगितामा नगरभित्रका नौ विद्यालयका खेलाडीले सहभागिता जनाएका थिए । यस्तै भोजपुर–७ को विद्योदय माध्यमिक विद्यालयले नौ स्वर्ण, पाँच रजत र तीन कांस्यसहित दोस्रो स्थान तथा भोजपुर–५ को पञ्चकन्या माध्यमिक विद्यालय तीन स्वर्ण, पाँच रजत र चार कांस्यसहित तेस्रो बन्न सफल भयो ।
प्रतियोगितामा भोजपुर–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालय चौथो, वडा नम्बर ११ आम्तेकस्थित जनकल्याण माध्यमिक विद्यालय पाँचौँ र वडा नम्बर एक भामराङस्थित सिंहदेवी माध्यमिक विद्यालयले छैटौँ स्थान प्राप्त गरेको सो नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम प्रधानले जानकारी दिए । विजेतालाई भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेलगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण