शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एपीएफ स्कुल आईजी रनिङ ट्रफीको उपाधि सैनिक आवासीय महाविद्यालयलाई

शनिबार, ०९ फागुन २०८२, १७ : ४७
शनिबार, ०९ फागुन २०८२

काठमाडौँ । सशस्त्र प्रहरीको एपीएफ स्कुलको २१औँ स्थापना दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले जितेको छ ।

तेस्रो एपीएफ अन्तरविद्यालय आईजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा आयोजक स्कुललाई पराजित गर्दै सैनिक महाविद्यालयले विजय हासिल गरेको हो । 

सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल र एआईजी गणेश ठाडामगरले विजयी सैनिक आवासीय महाविद्यालयलाई पुरस्कृत गरे । शुक्रबार आयोजित एपीएफ स्कुल स्थापना दिवस समारोहमा पुरस्कार वितरण गर्दै आईजी अर्यालले खेल मैदानमा उत्रिएपछि खेलाडीले देखाउने अनुशासन र इमान्दारिताले राष्ट्रप्रतिको गरिमा बढाउने बताए । 

अर्यालले मुलुकको अवस्था बुझ्न र लोकसेवा लगायत प्राविधिक शिक्षामा तयारी गर्न समेत विद्यार्थीहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘प्लस टु अध्ययन गर्नासाथ विदेश जाने प्रवृत्ति रोक्ने शिक्षा प्रणाली विकास गर्न जरुरी छ ।’ 

शैक्षिक तथा खेलकुद क्षेत्रमा एपीएफ स्कुलले आफूलाई प्रमाणित गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप