'९० लाख नेपाली नागरिकसहित लगानी भित्र्याउन विशेष नीति लागु गर्छौँ'
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले राजनीतिक र नीतिगत स्थिरताबिना मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकिने बताएका छन् ।
पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका उनले निर्वाचनपछि आफ्नो पार्टीको सरकार बनेको खण्डमा मुलुकको अर्थतन्त्र चलायमान बनाउन नीतिगत स्थिरता दिने प्रतिबद्धता गरेका हुन् ।
नेपालका बैंकहरूमा तरलता भए पनि सर्वसाधारणले सहज रूपमा ऋण पाउने अवस्था नरहेको उल्लेख गर्दै उनले लगानीसँगै मुलुकबाहिर रहेका ९० लाख नागरिकलाई स्वदेश फर्काउन पार्टीले विशेष नीति र कार्यक्रम लागू गर्ने दाबी पनि गरे ।
‘नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन मेरो पनि जिम्मेवारी हुन्छ । अहिले पनि ९० लाख नेपाली नागरिक देशबाहिर रहेका छन् । उनीहरुलाई नेपाल फर्काउन चुट्की बजाएर हुँदैन । हामीले मुलुकको अर्थतन्त्रमा आमूल परिवर्तन गर्नुपर्छ,' उनले भने, 'त्यसका लागि हामीले लगानी पनि नेपालमा ल्याउनुपर्छ र निजी क्षेत्रलाई पनि चलायमान बनाउनुपर्छ ।'
नेपालका बैंकहरूमा पैसा भए पनि नेपालीले प्रयोग गर्न नपाएका उनले बताए । 'नेपालमा सबैभन्दा ठुलो समस्या भनेको स्थिरताको समस्या हो । एउटा सरकार आउँछ, एउटा कुरा लाद्छ । अबको चुनावपछि हामी सरकारमा आएपछि कर संरचना पाँच वर्षसम्म परिवर्तन हुदैन यो नेपाली कांग्रेसको कमिटमेन्ट हो,' उनले बाचा गरे ।
यति गर्न सके लगानीकर्ताहरुलाई आफ्नो टाइम स्पेन्ट गर्न पनि पाइने उनको भनाइ थियो । उनले कर संरचनामा स्थिरता कायम गर्न सके लगानीकर्ताले दीर्घकालीन योजना बनाएर काम गर्न सक्ने वातावरण बन्नेसमेत जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै मोरक्को अन्तिम १६ मा
-
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल पेनाल्टी सुटआउटमा
-
वर्षाद् सुरु सुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
-
सानेपाको हरियालीले बढायो सहरी सौन्दर्य (तस्बिरहरू)
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको अतिरिक्त समयको पहिलो हाफ पनि बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण