आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

कीर्तिपुरका पूर्व मेयरसहितका एमाले नेताहरू नेकपामा प्रवेश

आइतबार, १० फागुन २०८२, १७ : ३५
आइतबार, १० फागुन २०८२

सारांश

  • कीर्तिपुरका पूर्व मेयर रमेश महर्जन र वडाध्यक्ष नुच्छे महर्जन नेकपा माओवादी केन्द्रमा प्रवेश गरे।
  • प्रचण्डले यो एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गर्दै राष्ट्रवादी शक्तिबीच सहकार्यको कुरा गरे।
  • प्रवेश गरेका महर्जनले रुपा महर्जनलाई जिताउन भूमिका खेल्ने प्रतिबद्धता जनाए, ओलीको आलोचना पनि गरे।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्व वडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा बामदेव गौतम लगायत नेताहरूले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी धेरै कम्युनिस्ट पार्टीहरू मिलेर बनेको बताउँदै यो एकता सिङ्गो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रवादी शक्तिहरूबिचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे ।

पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश महर्जन र पूर्व वडाध्यक्ष नुच्छे महर्जनले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिन्हबाट उम्मेदवार रहेकी रुपा महर्जनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

पूर्व मेयर रमेश महर्जनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनु परेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप