अरिजितको संन्यास हल्लाबिच आमिरले मनाए, सार्वजनिक भयो फिल्मी गीत
सारांश
- बलिउड अभिनेता आमिर खान गायक अरिजित सिंहको घर पुगेर आगामी फिल्मको गीत रेकर्डिङ गरे।
- सुरुमा प्रशंसकले आमिरले अरिजितलाई संन्यासको निर्णयमा पुनर्विचार गर्न मनाउन गएको आशंका गरे।
- यो गीतमा साई पल्लवी र जुनैद खानको अभिनय रहेको छ, र सार्वजनिक भएको ५ घण्टामा १३ लाखभन्दा बढी भ्युज पाएको छ।
एजेन्सी । बलिउड अभिनेता तथा निर्माता आमिर खान हालै गायक अरिजित सिंहको घर मुर्शिदाबाद पुगे । उनी आफ्नो आगामी फिल्म 'एक दिन'को पहिलो गीत रेकर्डिङका लागि अरिजितकहाँ पुगेका थिए ।र अब आमिर खान प्रोडक्सनले अरिजितले गाएको यो सुन्दर गीतको भिडियो सार्वजनिक गरेको छ ।
सुरुमा प्रशंसकहरूलाई आमिर अरिजितलाई भेट्न र उनलाई आफ्नो संन्यासको निर्णयमा पुनर्विचार गर्न मनाउन गएका हुन् कि भन्ने आशंका थियो । तर आमिरले एक पोस्टर सेयर गर्दै अरिजितलाई उनको आगामी फिल्म 'एक दिन'मा आवाज दिएकोमा धन्यवाद दिए । यस फिल्ममा साई पल्लवी र जुनैद खान मुख्य भूमिकामा छन् । र आमिरले फिल्मबारे सबै अनुमानहरूलाई विराम लगाएका छन् ।
जानकारी अनुसार आमिर मुर्शिदाबादस्थित अरिजितको घर गएर उनी र उनको परिवारसँग चार दिन बिताएका थिए । उनले व्यक्तिगत रूपमा अरिजितलाई फिल्मका लागि गाउन अनुरोध गरेका थिए । र अरिजित र आमिरले मिलेर फिल्मको पहिलो गीतमा काम गरे । यो टाइटल गीत सार्वजनिक भइ पनि सकेको छ ।
'गीतका शब्द र सङ्गीत हृदयस्पर्शी छन्, जसले यसलाई सदाबहार गीतजस्तो बनाएको छ । भिडियोमा मुर्शिदाबादका केही सरल र हृदयस्पर्शी पर्दा पछाडिका क्षणहरू देखाइएको छ, जसमा आमिर हरेक सानो सानाे कुरामा सामेल छन् ।
भिडियोमा आमिरले अरिजितलाई संन्यासबारे प्रश्न गरेको देख्न सकिन्छ। आमिर सोध्छन्, 'तपाईं कुनै प्रोजेक्ट लिँदै हुनुहुन्न, केही समयका लागि ब्रेक लिन चाहनुहुन्छ ? वा तपाईं हिन्दी फिल्मका लागि गाउन चाहनुहुन्न ? यस्तो नगर्नुहोस् यार । हामी मान्छेहरूको के हुन्छ ?'
यसपछि गीतमा आमिरको जियागञ्ज भ्रमणका केही विशेष पलहरू देखिन्छन् ।
अरिजितको आवाजमा यो गीतमा साई पल्लवी र जुनैद खान छन् । सार्वजनिक भएको ५ घण्टामा यसले १३ लाखभन्दा बढी भ्युज पाइसकेको छ । हजारभन्दा बढी कमेन्ट/टिप्पणीहरू छन्, जसमा अरिजितको तारिफ गरिएको छ ।
नवभारत टाइम्सबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण