मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

जेसिकासिंह ठकुरीले त्यागिन् ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधि

सोमबार, ११ फागुन २०८२, १७ : १६
सोमबार, ११ फागुन २०८२

सारांश

  • मिस ग्रान्ड नेपाल २०२५ की विजेता जेसिकासिंह ठकुरीले उपाधि त्यागेकी छिन्।
  • उनले दुर्व्यवहार, दबाब र स्वास्थ्य समस्याका कारण पद छोडेको बताइन्।
  • उनले छिट्टै राजीनामाको कारणबारे विस्तृत भिडियो सार्वजनिक गर्ने बताएकी छिन्।

काठमाडौँ । ‘मिस ग्रान्ड नेपाल २०२५’ को ताज विजेता जेसिकासिंह ठकुरीले आधिकारिक रूपमा आफ्नो उपाधि त्यागेकी छन् । उनले सामाजिक सञ्जाल इन्ष्टाग्राममार्फत एक वक्तव्य जारी गर्दै दुर्व्यवहार, निरन्तर दबाब तथा आफ्नो मानसिक र शारीरिक स्वास्थ्यप्रति गम्भीर चिन्ताका कारण पद छोड्न बाध्य भएको बताएकी छन् ।

यस्तो निर्णय गहिरो पीडा तर स्पष्ट बुझाइका साथ लिएको उनको भनाइ छ । उपाधि जित्नु आफ्नो जीवनकै गर्विलो क्षण भएको बताएकी उनले आफ्नो मर्यादा, मूल्य र आत्मसम्मान जोगाउन पद त्याग्नु आवश्यक भएको बताइन् । उनले भनिन्, ‘राष्ट्रिय आयोजक संस्थासँगको अनुभव भने यात्राकै सबैभन्दा कठिन र हृदयविदारक अध्याय बन्यो ।’

‘अन्तर्राष्ट्रिय सहभागिताका क्रममा उनले दुर्व्यवहार र धम्कीसमेत भोग्नुपरेको छ’, उनले अगाडि भनेकी छन्– ‘निरन्तर मानसिक दबाबले आफ्नो स्वास्थ्यमा गम्भीर असर पारेको छ ।’ 

अवस्था सुधारिने आशामा लामो समयसम्म मौन बसेको बताएकी उनले अन्ततः कुनै पनि ताजले शान्ति, स्वास्थ्य र आत्मपहिचानभन्दा ठुलो मूल्य राख्दैन भन्दै त्यागको निष्कर्षमा पुगेको उल्लेख गरेकी छन् । 

जेसिकाले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई साथ दिने र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गर्दै राजीनामाको विस्तृत कारण र आफ्नो अनुभवबारे छिट्टै विस्तृत भिडियो सार्वजनिक गरेकाे जनाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप