सेफ सन्तोष साह हाजिर जमानीमा छुटे
सारांश
- ठगी सम्बन्धी कसुरमा बिगो रकम पीडितको खातामा डिपोजिट गरेपछि सेफ सन्तोष साह हाजिर जमानीमा थुनामुक्त भएका छन् ।
- साहले ४ लाख ५० हजार बिगो रकम पीडितको खातामा जम्मा गरेका हुन् ।
- साह २०२० को बीबीसी मास्टर सेफमा सहभागी भएपछि चर्चामा आएका थिए ।
काठमाडौँ । सेफ सन्तोष साह हिरासत मुक्त भएका छन् ।
ठगी सम्बन्धी कसुरमा बिगो रकम पीडितको खातामा डिपोजिट गरेपछि उनलाई हाजिर जमानीमा थुनमुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । जेठ ३ मा पक्राउ परेका साहमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट ३ दिनको म्याद लिएको थियो ।
साहले ४ लाख ५० हजार बिगो रकम पीडितको खातामा जम्मा गरेका हुन् । साहसँगै उनका दाजु ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका थिए । आर्जव होल्डिङ प्रालिलाई उनले दिएको २५ लाखको चेक नसाटिएको बैंकिङ कसुरको मुद्दा फैसला भएको र अदालतमा उपस्थित हुने म्याद बाँकी नै रहेको देखिएको हुनाले सो प्रकरणमा अहिले केही नभएको एसपी भट्टराईले बताए ।
बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले बिगो भराएर १ महिना कैद सजाय हुने फैसला गरेको थियो । सो फैसला उपर पुनरावेदन पनि गर्न सकिने कानुनी व्यवस्था छ । आर्जव होल्डिङ प्रालिले नक्सालमा शिला रेस्टुरेन्ट सञ्चालन गरेको थियो । नक्साल स्थित गैरीधारामा रहेको सो रेस्टुरेन्ट मिथिला थाली प्रालिले खरिद गरेको थियो । रेस्टुरेन्ट खरिद गर्दा साहले दिएको चेक बाउन्स भएको हो ।
सिरहाको कर्जन्हा नगरपालिका–९ घर भएर काठमाडौँ बस्ने ४० वर्षीय सन्तोषले मिथिला थाली नामको चेक रेस्टुरेन्ट सञ्चालन गरेका छन् । साह २०२० को बीबीसी मास्टर सेफमा सहभागी भएपछि चर्चामा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
-
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण