काठमाडौँमा ‘पिंक केयरएथन ’ हुने, स्वास्थ्यका लागि दौडिने
काठमाडौँ । महिलाहरूको स्वास्थ्य तथा फिटनेसप्रतिको सचेतना बढाउने उद्देश्यले यही फागुन ३० गते (मार्च १४) काठमाडौंमा ‘काठमाडौं पिंक केयरएथन’ आयोजना हुने भएको छ ।
लेजर पोर्ट नेपालको आयोजनामा हुने यस कार्यक्रमले महिलाहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ ।
आयोजकका अनुसार, केयरएथनमा महिला दौड, जुम्बा र अन्य स्वास्थ्यवर्द्धक गतिविधिहरू समावेश गरिनेछन्, जसमा जुनसुकै उमेर समूहका महिलाले भाग लिन सक्नेछन् । घरको काम र दैनिक जिम्मेवारीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि समय निकाल्न प्रोत्साहन गर्नु कार्यक्रमको मुख्य ध्येय रहेको आयोजक संस्थाका अध्यक्ष नमराज जोशीले बताए ।
‘महिलाहरू सधैँ परिवार र समाजका लागि खटिन्छन्, तर आफ्नो स्वास्थ्यमा ध्यान दिने समय पाउँदैनन् । पिंक केयरएथनले उनीहरूलाई आफ्नै लागि पनि समय दिन उत्प्रेरित गर्नेछ,’ जोशीले भने ।
यस वर्षको कार्यक्रममा करिब २,५०० देखि ३,००० महिला सहभागी हुने अनुमान गरिएको छ । कार्यक्रमको सद्भावना दूत ९गुडविल एम्बासडर० मा चर्चित कलाकार उषा रजकलाई नियुक्त गरिएको छ, जसको उपस्थितिले कार्यक्रममा थप ऊर्जा थप्ने विश्वास गरिएको छ ।
पहिले ‘काठमाडौं पिंकाथन’ नामले चिनिने यो कार्यक्रमलाई गत वर्षदेखि ‘काठमाडौं पिंक केयरएथन’ नामकरण गरिएको हो ।
सन् २०१७ देखि २०१९ सम्म नियमित आयोजना भएको यो कार्यक्रम कोभिड–१९ महामारी र अन्य कारणले केही समय रोकिएको थियो । सन् २०२४ मा पुनः सुरु भएको यो कार्यक्रमले २०२५ मा सफलता पाएपछि यस वर्ष पनि निरन्तरता दिन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण