इंग्ल्यान्डसामु पाकिस्तानको मध्यम स्कोर, ६ खेलाडीले छुन सकेनन् दोहोरो अंक
मङ्गलबार, १२ फागुन २०८२, २१ : ०२
कोलोम्बो । टी–२० विश्वकपको सुपर–८ चरणअन्तर्गत पाँचौँ खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १६५ रनको लक्ष्य दिएको छ ।
पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पाकिस्तानी टोलीले २० ओभरमा ९ विकेट गुमाएर १६४ रनको मध्यम स्कोर खडा गरेको छ । आज पाकिस्तानका साहिबजादा फरहानले ४५ बलमा ६३ रन बनाउनुबाहेक अन्य ब्याटर चलेनन् । बाबर आजम र फखर जमान आज २५/२५ रनमै पेभेलियन फर्किए भने शादाब खानले पनि आज २३ रन मात्र जोड्न सके ।
पाकिस्तानका छ जनाले आज दोहोरो अंकमा रन छुन सकेनन् ।
इंग्ल्यान्डका बलरहरूले पाकिस्तानलाई सुरुदेखि नै दबाबमा राखेका थिए । पावरप्लेमा पाकिस्तानले दुई महत्त्वपूर्ण विकेट गुमाएको थियो ।
इंग्ल्यान्डका लियाम ड्वसननले ३ तथा जोफ्रा आर्चर र जेमी ओभरटनले समान २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण