सुरक्षा खतराको कारण निवासभन्दा बाहिर गएका प्रधानमन्त्री निवासमा फिर्ता
काठमाडाैँ । मङ्गलबार राति सुरक्षा खतराको कारण निवास बाहिर निकालिएका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज तीन घण्टापछि क्यानबेरास्थित निवास ‘द लज’ मा फर्किएका छन् ।
अष्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले साँझ ६ बजे ‘कथित सुरक्षा घटना’ को सम्बन्धमा जवाफ दिएको पुष्टि गरेको छ । खानतलासी पूरा भएपछि प्रधानमन्त्री निवासमा फर्किएका हुन् ।
“प्रधानमन्त्रीको निवासमा ‘कथित सुरक्षा’ चेतावनीपछि सुरक्षा सुनिश्चितताका लागि गहन खोजी गरिएको थियो तर त्यहाँ कुनै पनि शङ्कास्पद कुरा फेला परेन,” सङ्घीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “समुदाय वा सार्वजनिक सुरक्षामा कुनै खतरा छैन।”
अष्ट्रेलियामा हालैका महिनाहरूमा प्रधानमन्त्री र अन्य सङ्घीय राजनीतिज्ञहरूको सुरक्षाका लागि खतरा बढेको छ । गत अक्टोबरमा एएफपी आयुक्त क्रिसी ब्यारेटले राजनीतिज्ञहरूलाई निशाना बनाउने लगायतका खतराहरूको सामना गर्न र त्यस्ता अवाञ्छित घटनाहरूलाई मध्यनजर गर्दै नयाँ राष्ट्रिय सुरक्षा अनुसन्धान टोली गठन गरिएको घोषणा गरेका थिए ।
उनले यस महिनाको सुरुमा सिनेटको एक कार्यक्रम उद्घाटन वक्तव्यमा घृणा र हिंसा देशका राजनीतिज्ञहरू, अन्य पदाधिकारीहरू र अष्ट्रेलियाको यहूदी समुदायका सदस्यहरूप्रति निर्देशित भएको बताए। टोलीहरू स्थापना भएदेखि अष्ट्रेलियामा २१ व्यक्तिहरूलाई अभियोग लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
-
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
-
नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण