ग्यालेक्सी अनप्याक्डमा नवीनतम इनोभेसनको प्रदर्शन : २५ फेब्रुअरी २०२६ मा प्रत्यक्ष स्ट्रिमिङ
काठमाडाैँ सामसङले आफ्नो ग्यालेक्सी इनोभेसनको अर्को अध्याय ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सार्वजनिक गर्न तयारी गर्दैछ। यो अत्यन्तै प्रतीक्षित कार्यक्रम २५ फेब्रुअरी २०२६ मा राति ११:४५ बजे विश्वव्यापी प्रत्यक्ष स्ट्रिमिङ मार्फत हेर्न सकिनेछ।
यस कार्यक्रममा ब्रान्डका मोबाइल प्रविधिमा भएका नवीनतम प्रगतिहरू प्रदर्शन गरिनेछन्, जसले प्रयोगकर्ताहरूलाई दैनिक जीवन सहज बनाउन डिजाइन गरिएका बुद्धिमान, एआई समर्थित अनुभवहरूको नयाँ युग प्रस्तुत गर्नेछ।
ग्यालेक्सी अनप्याक्ड सँधै नवीनतम आविष्कारहरूको मञ्च रहिआएको छ, र यस वर्ष पनि यसले अत्याधुनिक डिजाइन, शक्तिशाली प्रदर्शन, र स्मार्ट इकोसिस्टम इंटिग्रेशन मार्फत आफ्नो परम्परा निरन्तरता दिने वाचा गरेको छ।
आगामी लन्चबारे टिप्पणी गर्दै सामसङ एमएक्स(MX) डिभिजनका डाइरेक्टर,प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी अनप्याक्डले हाम्रो अर्थपूर्ण नवप्रवर्तन प्रति प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ, जसले दैनिक जीवनलाई अझ सहज बनाउँछ। यस लन्च बाट हामी यस्तो प्रविधि प्रस्तुत गर्न उत्साहित छौं, जुन केवल शक्तिशाली नभई प्रयोगकर्ताहरूको आवश्यकतासँग बुद्धिमानीपूर्वक अनुकूलन गर्छ, र उनीहरूको अनुभवलाई पहिलेभन्दा अझ सहज, जोडिएको, र व्यक्तिगत बनाउँछ।”
प्रत्यक्ष स्ट्रिमिङ हुने यो कार्यक्रम संपूर्ण नेपालभरका दर्शकहरूले पहुँच गर्न सक्नेछन्, जसले गर्दा दर्शकहरू ग्यालेक्सी नवप्रवर्तनको भविष्यलाई अनफाेल्डिङ(unfolding) हुँदै गरेको हेर्ने पहिलोहरूमा पर्ने अवसर प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण