आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा नेता राईले छाडे पार्टी

बिहीबार, १४ फागुन २०८२, ११ : ०५
बिहीबार, १४ फागुन २०८२

सारांश

  • रास्वपा कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरे।
  • टिकट वितरणमा असन्तुष्ट रहेका उनले अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्ने बताए।
  • २०७९ को चुनावमा राईले कास्की १ बाट १० हजार ९ सय ४१ मत ल्याएका थिए।

पोखरा । रास्वपा कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन् । 

टिकट वितरणमा सुरुदेखि नै असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् । ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन,’ उनले भनेका छन्, ‘अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’

उनी २०७९ को चुनावमा कास्की १ बाट रास्वपा उम्मेदवार थिए । त्यतिबेला राजुले १० हजार ९ सय ४१ मत पाएका थिए । तत्कालीन समयमा रास्वपाले सोही क्षेत्रबाट समानुपातिक तर्फ १५ हजार ८ सय ६४ मत ल्याएको थियो ।

048bdc03-e4d6-4a00-ae8e-6855c02cdac1

धेरैले उनैलाई यसपालि पनि उम्मेदवार उम्मेदवार ठानेका थिए । सोहीअनुसार उनले तयारी पनि गरिरहेका थिए । 

‘नेता चिन्नु पर्ने र टिकट किन्नु पर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा रिन लगाउनु हो,’ उनले भनेका छन्, ‘पार्टी हाइज्याक भयो । टिकट बेच्ने हो भने यो पार्टी किन चाहियो ? नेता वरपर घुमेर टिकट अरू पार्टीबाट पनि पाइन्छ नि । सुरुवातमा मात्रै पार्टी हुने रहेछ, त्यसपछि परिपाटीमा चल्ने रहेछ । नेता चिन्नुपर्दैन भनेर लागेको हो । त्यो अवस्था अब बाँकी रहेन ।’

अहिले क्षेत्र नम्बर १ मा बालेन समूहबाट खड्कराज पौडेल (गनेस)ले टिकट पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप