बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन: एक हजार ६१ वटा उजुरी फर्छ्यौट

शनिबार, १६ फागुन २०८२, ०१ : ०२
शनिबार, १६ फागुन २०८२

सारांश

  • जिल्ला आचारसंहिता अनुमगन समितिमा निर्वाचनसम्बन्धी एक हजार ७६ उजुरी परेका थिए।
  • आयोगका अनुसार, प्राप्त उजुरीमध्ये ९९ प्रतिशत फछ्र्यौट भएका छन्।
  • लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम उजुरी परेका थिए।

काठमाडौँ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ ।

निर्वाचन आयोगका अनुसार, प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फर्छ्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।

प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठुला तुल ब्यानर र झन्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ । यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ ।

त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झन्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप