शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इरान–इजरायल युद्ध

उडानको जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह

शनिबार, १६ फागुन २०८२, २२ : ४७
शनिबार, १६ फागुन २०८२

सारांश

  • मध्यपूर्वमा विकसित तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडानको पछिल्लो अवस्थाबारे बुझ्न आग्रह गरेको छ।
  • शनिबार साँझ जारी सूचनाअनुसार, उडान ढिलाइ, पुनः तालिका वा रद्द हुन सक्छन्।

काठमाडौँ । मध्यपूर्वमा विकसित तनावका कारण त्यस क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । विमानस्थल कार्यालयले एक जरुरी सूचना जारी गर्दै यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनीसँग बुझेर मात्र विमानस्थल आउन आग्रह गरेको छ ।

विमानस्थलले शनिबार साँझ जारी गरेको सूचनाअनुसार, मध्यपूर्वको तनावका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, पुनः तालिकामा पर्ने वा रद्दसमेत हुन सक्ने सम्भावना छ । सोहीकारण विमानस्थलले सम्बन्धित वायुसेवा कम्पनीमा सिधा सम्पर्क गरेर उडानको अवस्था यकिन गर्न अनुरोध गरेको हो ।

tia notice

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप