शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ट्रम्प दाबी

खामेनीको मृत्यु भएको ट्रम्पको दाबी

आइतबार, १७ फागुन २०८२, ०३ : ४४
आइतबार, १७ फागुन २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्।
  • ट्रम्पले सामाजिक सञ्जाल फेसबुकमा खामेनीको मृत्यु भएको दाबी गर्दै यसलाई इरानी जनता र विश्वकै लागि 'न्याय' भनेका छन्।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी  गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा मा एक सन्देश लेख्दै ट्रम्पले खामेनीको मृत्यु भएको दाबी गरेका हुन् । 

उनले यसलाई इरानी जनता र विश्वकै लागि ‘न्याय’ भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले खामेनीलाई ‘इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ को संज्ञा दिएका छन् । उनले खामेनीबाट पीडित भएका इरानी जनता, अमेरिकी र विश्वभरका मानिसहरूका लागि यो एउटा ठुलो न्याय भएको उल्लेख गरेका छन् ।

trump post

ट्रम्पका अनुसार अमेरिकी गुप्तचर निकाय र अत्याधुनिक ट्र्याकिङ प्रणालीले इजरायलसँगको निकट समन्वयमा खामेनीलाई पछ्याइरहेको थियो, जसबाट उनी र उनीसँगै रहेका अन्य नेताहरू बच्न सकेनन् ।

राष्ट्रपति ट्रम्पले इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने यो सबैभन्दा ठुलो अवसर भएको बताएका छन् । 

सेनालाई चेतावनी दिँदै ट्रम्पले लेखेका छन्, ‘अहिले उनीहरूले उन्मुक्ति पाउन सक्छन्, तर ढिलो गरेमा मृत्यु मात्र पाउनेछन्।’ 

इरानको ठुलो हिस्सा एकै दिनमा ध्वस्त भएको उल्लेख गर्दै ट्रम्पले ‘पिनपोइन्ट’ बमबारी जारी रहने बताएका छन् । मध्यपूर्व र विश्वभर शान्ति स्थापना गर्ने उद्देश्य प्राप्त नभएसम्म यो सैन्य कारबाही नरोकिने उनको भनाइ छ ।

  • थप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप