सर्वोच्च नेता खामेनीको अवस्थाबारे इजरायलको दाबी इरानद्वारा खण्डन
सारांश
- इरानमाथि अमेरिकी र इजरायली आक्रमणपछि खामेनीको अवस्थाबारे विरोधाभासपूर्ण रिपोर्ट आएका छन्।
- इजरायली प्रधानमन्त्रीले खामेनीको मृत्यु भएको संकेत रहेको दाबी गरे, तर इरानले अस्वीकार गर्यो।
- इरानी अधिकारीहरूले खामेनी र राष्ट्रपति सुरक्षित रहेको बताए, र इजरायली दाबीलाई मनोवैज्ञानिक युद्ध भने।
काठमाडौँ । इरानमाथि भएको अमेरिकी र इजरायली आक्रमणपछि त्यहाँका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अवस्थालाई लिएर विरोधाभासपूर्ण रिपोर्टहरू सार्वजनिक भएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक सम्बाेधनमा खामेनीको मृत्यु भएको हुन सक्ने ‘बढ्दो संकेतहरू’ रहेको दाबी गरेका छन् । यसअघि रोयटर्स र इजरायली सञ्चारमाध्यमहरूले वरिष्ठ इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै खामेनी मारिएको समाचार प्रसारण गरेका थिए ।
तर, इरानले यी रिपोर्टहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले एबीसी न्युजसँग कुरा गर्दै सर्वोच्च नेता खामेनी र राष्ट्रपति मसुद पेजेस्कियान दुवै ‘सुरक्षित र स्वस्थ’ रहेको जानकारी दिएका छन् ।
यसैगरी, खामेनीको कार्यालयका जनसम्पर्क प्रमुख सैयद मेहरदाद सैयद महदीले इजरायली दाबीहरूलाई ‘मनोवैज्ञानिक युद्ध’ को संज्ञा दिएका छन् ।
हाल खामेनीको अवस्थालाई लिएर इजरायल र इरानका तर्फबाट फरक–फरक दाबीहरू आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण