३७ वर्षे कुशासन अन्त्य गर्न मतपत्रबाट क्रान्ति गरौँ: रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ३७ वर्षदेखिको कुशासन र भ्रष्टाचारको अन्त्य गर्न मतपत्रमार्फत ‘चेतनाको क्रान्ति’ गर्न आम मतदातालाई अपिल गरेका छन् ।
साेमबार निर्वाचन मौन अवधि सुरु हुनुभन्दा अघि सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
भिडियो सन्देश मार्फत उनले अब नेताको नभई सन्ततिको अनुहार सम्झेर मतदान गर्न र देशमा संरचनात्मक सुधारका लागि रास्वपालाई दुई तिहाइको स्पष्ट जनादेश दिन आग्रह गरे ।
आफू र आफ्नो पार्टीलाई जरैदेखि सिध्याउन खोजिएको तर जनताबाट पाएको अपार मायाले परिवर्तनको चाहना स्पष्ट भएको बताउँदै उनले आफू नेता नभई परिवर्तनको अभियन्ता बन्न चाहेको उल्लेख गरेका छन् ।
लामिछानेले देशको मेरुदण्डको रूपमा रहेको मधेसलाई पटक पटक भोट बैंक मात्र बनाइएको भन्दै अब रास्वपाले मधेसलाई देशकै नेतृत्व गर्ने तहमा पुऱ्याउने संकल्प लिएको बताए । ‘मधेसले अब काठमाडौँसँग भिक्षा वा हिस्सा माग्ने छैन, देशकै नेतृत्व गर्नेछ,’ उनले भने ।
पुरानो प्रणालीबाट नयाँ नेपाल सम्भव नभएको जिकिर गर्दै उनले संरचनात्मक सुधारका लागि मतदान गर्न आह्वान गरे । उनले भने, ‘सिंहदरबार पुग्ने राजनीतिलाई धेरै पटक मत दिनुभयो, त्यो केवल नेताका लागि भयो । अब सिंहदरबार बदल्ने संकल्पका लागि मत दिनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध अधिकारसम्बन्धी मतदानमा अमेरिकी सिनेट ट्रम्पकाे पक्षमा, अघिल्लो निर्णय उल्टियो
-
सरकारले अघि बढायो घरमै बसेर कैद भुक्तानी गर्न सकिनेसम्बन्धी कानुन निर्माण प्रक्रिया (मस्यौदासहित)
-
प्रदेश सभा खारेज सम्बन्धी रास्वपाको प्रस्तावबारे मधेसमा व्यापक विरोध
-
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
-
स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउने कदम ‘संक्रमणजस्तै फैलिन सक्ने’ अमेरिकी चेतावनी
-
स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण