निर्वाचनका लागि गाउँ फर्किने अन्तिम दिन : यात्रुको चाप बढ्यो
सारांश
- प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंबाट मतदाताहरू आफ्नो गृह जिल्ला फर्किरहेका छन्।
- सार्वजनिक यातायात नचल्ने भएकाले आजै गाउँ फर्किनुपर्ने बाध्यताले बसपार्कमा भीड बढेको छ।
- यात्रुको चापलाई मध्यनजर गर्दै थप बसको व्यवस्थापन र सुरक्षा जाँचलाई कडाइ गरिएको छ।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि संघीय राजधानी काठमाडौंबाट आफ्नो गृहजिल्ला फर्किनेहरुको आज चाप रहेको छ। काठमाडौंका बसपार्कहरुमा यात्रुहरुको बाक्लो भीड देख्न सकिन्छ ।
रोजगारी, अध्ययन र अन्य विभिन्न सिलसिलामा काठमाडौं उपत्यकामा बसोवास गर्दै आएका मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किन थालेका हुन् । भोलि सार्वजनिक यातायात नचल्ने भएकाले आजै मतदानका लागि गाउँ फर्किनुपर्ने बाध्यता रहेको छ ।
सोही कारण नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर र बल्खु लगायतका स्थानमा बिहानैदेखि यात्रुहरुको घुइँचो लागेको हो । विशेषगरी लामो दूरीका सवारी साधनहरुमा टिकट पाउन मुस्किल पर्न थालेको यात्रुहरुले गुनासो गरेका छन् । यातायात व्यवसायीहरुकाअनुसार पछिल्लो केही दिनयता उपत्यका बाहिरिने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
यात्रुको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायी समितिहरुले थप बसहरुको व्यवस्थापन गर्ने प्रयास गरिरहेको बताएका छन् । यद्यपि, मागको तुलनामा सवारी साधन अपुग हुँदा कतिपय यात्रुहरुले महँगो भाडा तिरेर वा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको अवस्था पनि छ ।
ट्राफिक प्रहरीले पनि उपत्यका बाहिरिने नाकाहरुमा सुरक्षा जाँच कडा पारेको छ भने यात्रुहरुको सहजताका लागि विभिन्न स्थानमा नागरिक सहायता कक्षहरु स्थापना गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने र तोकिएभन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चेतावनी दिएको छ ।
निर्वाचन आयोगले सबै मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरिरहेको बेला नागरिकहरुमा उत्साह देखिएको छ । गाउँ–गाउँमा चुनावी चहलपहल बढेसँगै उम्मेदवारहरु पनि मतदाता फकाउन अन्तिम कसरतमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण