बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

धनुषा–४ का स्वतन्त्र उम्मेदवार महरा हाजिर जमानीमा रिहा

बुधबार, २० फागुन २०८२, १४ : ३७
बुधबार, २० फागुन २०८२

सारांश

  • धनुषा-४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरालाई पैसा बाँड्दै हिँडेको आरोपमा पक्राउ गरिएको थियो।
  • मंगलबार पक्राउ परेका महरालाई हाजिर जमानीमा रिहा गरिएको छ।
  • प्रहरीले महराको साथबाट नगद र डायरी बरामद गरेको थियो, जसमा पैसाको हिसाब उल्लेख थियो।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पैसा बाँड्दै हिँडेको अवस्थामा पक्राउ परेका धनुषा क्षेत्र नम्बर–४ का स्वतन्त्र उम्मेदवार छुटेका छन् । मंगलबार पक्राउ परेका स्वतन्त्र उम्मेदवार राजकिशोर महरालाई हाजिर जमानीमा रिहा गरिएको धनुषाका एसपी रुगम कुँवरले रातोपाटीलाई बताए ।

प्रहरीले उनको साथबाट ४८ हजार ५ सय नगद र डायरी बरामद गरेको थियो । बोलाएको बेलामा आउने गरी महरालाई हाजिर जमानीमा राखेर अनुसन्धान भइरहेको एसपी कुँवरले बताए । पैसाको हिसाब उल्लेख भएको डायरी र नगद प्रहरीले बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप