आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

बिहीबार, २१ फागुन २०८२, ०५ : ००
बिहीबार, २१ फागुन २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल फाल्गुन २१ गते बिहीबारको बारबेला, राहुकाल र ब्रहा मुहूर्तको जानकारी दिइएको छ।
  • मेषदेखि मीन राशिसम्मको राशिफलमा विभिन्न अवसर र चुनौतीहरू उल्लेख गरिएका छन्, जसमा स्वास्थ्य, आर्थिक अवस्था, र प्रेम सम्बन्धका बारेमा जानकारी छ।
  • शुभकार्य र यात्राको लागि लाभबेला र अमृत बेलाको समयलाई ध्यान दिनुपर्ने सुझाव दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल फाल्गुन २१ गते । बिहीबार । इस्वी सन् २०२६ मार्च ५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–द्वितीया, २६ घडी २२ पला, बेलुकी ५ बजेर ० मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तराफाल्गुनी, ५ घडी २ पला, बिहान ८ बजेर २८ मिनेट उप्रान्त हस्त । योग–शुल, ४ घडी ११ पला, बिहान ८ बजेर ७ मिनेट उप्रान्त गंड । करण–गर, बेलुकी ५ बजेर ० मिनेट उप्रान्त वणिज, रातको ५ बजेर १९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कन्या ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५ मिनेट । दिनमान २९ घडी ७ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर २७ मिनेटसम्म शुभ बेला ।
  • बिहान ६ बजेर २८ मिनेटदेखि बिहान ७ बजेर ५४ मिनेटसम्म रोग बेला ।
  • बिहान ७ बजेर ५५ मिनेटदेखि बिहान ९ बजेर २२ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ९ बजेर २३ मिनेटदेखि बिहान १० बजेर ४९ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर ५० मिनेटदेखि बिहान १२ बजेर १६ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १२ बजेर १७ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर ११ मिनेटसम्म काल बेला ।
  • दिउँसो ३ बजेर १२ मिनेटदेखि बेलुकी ४ बजेर ३८  मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ४ बजेर ३९ मिनेटदेखि बेलुकी ७ बजेर ३८ मिनेटसम्म अमृत बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो २ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर १० मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ५१ मिनेटदेखि बिहान ४ बजेर ३९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) इष्टमित्र तथा आफन्तका साथ यात्राको अवसर जुर्ने तथा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययनमा सुधार हुनेछ । प्रविधिको प्रयोग गर्दै आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । अन्य सामानको व्यापारमा मन्दी आए पनि औषधीजन्य तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।  
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न  सकिनेछ । मन परेको मानिसलाई चुन्न तथा छान्नको निमित्त प्रक्रियामा सामेल हुन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरेलु समस्याले सताउनेछ । आफन्त तथा साथीभाइहरूले काममा बाधा तथा अवरोध गर्नेछन् । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । हुलमुल तथा भिडभाडमा धेरै समय व्यातित नगर्नुहोला । तर पनि औषधीजन्य र दैनिक उपभोग्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।  
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो प्रिय पात्रसँग कुरा गर्न पाउँदा मन प्रसन्न हुनेछ ।  परिवारका साथ रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेको छ । राजनीतिज्ञ छान्ने प्रक्रियामा सामेल हुन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । यात्रा, मनोरञ्जनमा समय व्यातित हुनेछ । राजनीतिक तथा सामाजिक काममा सहभागी हुन सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाेजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ । विशिष्ट व्यक्तित्वसँगको भेटले मन प्रसन्न हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) फजुल खर्च बढ्नेछ । खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । हुलमुल तथा भिडभाडमा धेरै समय व्यातित नगर्नु नै राम्रो रहनेछ । यात्रा गर्दा सजक रहनुहोला ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ  प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । राजनीतिमा मन परेको मानिसलाई छान्ने प्रक्रियामा सहभागी भइनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नुपूर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन मध्यम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।  राजनीतिक यात्रा तथा भेटघाटमा समय व्यातित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रमाइलो तथा पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । राजनीतिज्ञ छान्ने प्रक्रिया सामेल हुन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप