सर्लाहीको बसबरियामा मतदान सुरु भएपछि विवाद
बिहीबार, २१ फागुन २०८२, ०८ : ५५
सारांश
- सर्लाहीको बसबरियामा नेपाली कांग्रेसका समर्थकले दुई मत हालेपछि विवाद भयो।
- नेकपा एमालेका समर्थकले विरोध गरेपछि मतदान स्थलमा केहीबेर तनाव उत्पन्न भयो।
- विवादपछि मतदान पुनः सुचारु भएको सुरक्षा अधिकृतले जानकारी दिए।
काठमाडौँ । सर्लाहीको क्षेत्र नम्बर–४ स्थित बसबरिया गाउँपालिका–३ भवानीपुरको मतदान स्थलमा विवाद भएको छ ।
जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेपाली कांग्रेसका एक जना समर्थकले आफ्ना घरका दुई जनाको मत हालेपछि नेकपा एमाले समर्थकले अवरोध गरेका हुन् ।
दुई दलका समर्थकहरू बिचमा विवाद भएपछि केही बेर बिथोलिएको मतदान पुनः सुचारु भएको मतदान स्थलमा खटिएका एक जना सुरक्षा अधिकृतले रातोपाटीलाई बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण