‘पुराना नेतालाई जनताको जवाफ, सत्ताको अहङ्कारले जनभावना नकुल्चिनू’
सारांश
- पूर्वाधारविद् सूर्यराज आचार्यले निर्वाचनको परिणामलाई जनविश्वासको उपजका रूपमा व्याख्या गरे।
- उनले पुराना दल र नेताहरूले जनताको भावना बुझ्न नसकेको र मतदाताले सबक सिकाएको बताए।
- आचार्यले अबको नेतृत्वले काम गरेर देखाउनुपर्ने र संरचनात्मक परिवर्तन आवश्यक रहेको औंल्याए।
काठमाडौँ । पूर्वाधारविद् सूर्यराज आचार्यले हालै सम्पन्न निर्वाचनको परिणामलाई भत्किएको जनविश्वासको उपजका रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले पुराना राजनीतिक दल र नेताहरूले जनताको मन भाँचिएको कुरा बुझ्न नचाहेको र अन्ततः मतदाताले मतपत्रमार्फत नै उनीहरूलाई सबक सिकाएको बताएका छन्।
चुनावका बेला बुद्धिजीवी र विश्लेषकहरूले पुरानै ढिपी र क्लिष्ट भाषा प्रयोग गरे पनि आम जनताले आफ्नो भावना स्पष्ट रूपमा व्यक्त गरिदिएको उनको तर्क छ। आचार्यका अनुसार लोकतन्त्रमा जनताको आकाङ्क्षा र भावना सधैँ सर्वोपरि हुन्छ। सत्ताको शक्ति र अहङ्कारले जनभावनालाई हेप्ने काम बन्द हुनुपर्नेमा उनले जोड दिएका छन्।
चुनावमा प्राप्त जनसमर्थनभित्र जनताका सपना र आशा लुकेकाले अबको नेतृत्वले डेलिभरी अर्थात् काम गरेर देखाउनु अनिवार्य रहेको उनले उल्लेख गरेका छन्। वर्तमान राज्य प्रणाली प्रभावकारी नभएको भन्दै उनले अबको राजनीतिमा संरचनात्मक परिवर्तन र इमानदारीको खाँचो औँल्याएका छन्।
राजनीतिको आगामी बाटो चुनौतीपूर्ण रहेको आचार्यको विश्लेषण छ। क्षमता र दक्षताको विकासका साथै भू-राजनीतिक चलखेललाई व्यवस्थापन गर्नु नयाँ नेतृत्वको मुख्य कार्यभार हुनेछ। दृढ राजनीतिक इच्छाशक्ति भएमा असम्भव केही नरहेको भन्दै उनले विजेताहरूलाई विनम्र र जिम्मेवार बन्न तथा पराजितहरूलाई सहयोगी भाव राख्न आग्रह गरेका छन्।
सबैमा राष्ट्रिय एकताको भावना जागृत हुनुपर्ने र कसैले पनि जनताको म्यान्डेटलाई हल्का रूपमा लिन नहुने उनको सन्देश छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण