म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको फराकिलो अग्रता
सारांश
- म्याग्दीमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
- एमालेका हरिकृष्ण श्रेष्ठ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारी तेस्रो स्थानमा छन्।
- स्वतन्त्र उम्मेदवार पुनले ९ हजार ८ सय ८८ मत प्राप्त गर्दा श्रेष्ठले ३ हजार ६ सय ५८ मत प्राप्त गरेका छन्।
म्याग्दी। प्रतिनिधिसभा म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार महावीर पुनले निकै फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्।
पुनले जारी मतगणनामा राजनीतिक दलका उम्मेदवारहरूलाई निकै पछाडि परेका हुन्। पछिल्लो मतगणना अनुसार स्वतन्त्र उम्मेदवार पुनले ९ हजार ८ सय ८८ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई बलियो बनाएका छन् ।
उनलाई नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले ३ हजार ६ सय ५८ मतका साथ पछ्याइरहेका छन्। पुन र श्रेष्ठबिचको मतान्तर ६ हजार २ सय ३० पुगेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार कर्ण बहादुर भण्डारी २ हजार ३ सय २९ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका अर्जुन बहादुर थापाले २ हजार ३ सय ६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवराज रोकाले भने ६ सय २५ मत मात्रै प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण