सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा निर्वाचन

कपिलवस्तु– २ मा रास्वपाका विक्रम सिंंह थापा निर्वाचित

शनिबार, २३ फागुन २०८२, २३ : ३४
शनिबार, २३ फागुन २०८२

बुटवल । कपिलवस्तु क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विक्रम सिंह थापा निर्वाचित भएका छन्। 

थापाले २७ जार ६३५ मत ल्याउँदै निर्वाचित भएका हुन्। कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत पाएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वृजेश कुमार गुप्ताले २० हजार ४८२ मत पाएका छन्। 

२०७९ सालमा कांग्रेसबाट निर्वाचित भएका आचार्यलाई अहिले ६ हजार १०८ मतान्तरले थापाले जित हासिल गरेका हुन् । 

यो निर्वाचन क्षेत्रमा ८५ हजार ५६ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप