प्रतिनिधिसभा सदस्य निर्वाचन : म्याग्दीमा समानुपातिक मतमा रास्वपाको अग्रस्थान
म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको थियोे । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै मत पाएको छ । रास्वपाले १९ हजार ९८७, नेकपा (एमाले)ले नौ हजार ४५७, नेपाली कांग्रेसले सात हजार ५९४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले चार हजार १६२ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीले एक हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आठ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले सात सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले एक सय ७७ मत पाएका छन् ।
जिल्लामा समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेको थियो । एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मतगणना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण