धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
आइतबार, २४ फागुन २०८२, ०९ : २५
सारांश
- धनगढीमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरे, र उनी फरार छन्।
- हत्या धनगढी उपमहानगरपालिका-७ मा राति १२:४५ बजे भएको थियो, जसमा धारिलो हतियार प्रयोग गरिएको थियो।
- प्रहरीले शव परीक्षणका लागि अस्पताल पठाएको छ र फरार अभियुक्तको खोजी गरिरहेको छ।
धनगढी । धनगढीमा श्रीमतीको हत्या गरी एक जना फरार रहेका छन्। गएराति १२ः४५ मा धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन्।
उनले सरस्वतीको टाउको धारिलो हतियार प्रयोग गरी हत्या गरेको र घटना लगत्तै फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमील्सिनाले जानकारी दिए। श्रीमतीको हत्या गर्ने जोशी पूर्व शिक्षक समेत हुन्।
अहिले मृत्तकको शव उठाएर पोस्टमाटमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा छ।
डिएसपी तिमील्सिनाका अनुसार हत्यापछि फरार जोशीको खोजी कार्य भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण