शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
परिणाम

बाजुरामा कांग्रेस उम्मेदवार गिरी विजयी

आइतबार, २४ फागुन २०८२, १२ : ००
आइतबार, २४ फागुन २०८२

काठमाडौँ । गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै गिरी विजयी भएका हुन् ।

गिरीले १७ हजार १७३ मत ल्याएर निर्वाचित बन्दा एमाले उम्मेदवार थापाले १६ हजार ६३३ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने ।

तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश शाहले ३ हजार ४२८ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले ६ हजार ३५ मत ल्याए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप