अघिल्लो पटक २८ सिट जितेको नेकपाले १९ सिट गुमायो, तीन वटाको नतिजा आउन बाँकी
सारांश
- नेकपालाई प्रतिनिधि सभामा ठूलो धक्का लागेको छ, अघिल्लो निर्वाचनको तुलनामा सिट संख्या घटेको छ।
- रुकुम पूर्व, कालीकोट, रुकुम पश्चिम, र रोल्पामा नेकपाले जित हासिल गरेको छ, तर अन्य क्षेत्रमा गुमाएको छ।
- विभिन्न क्षेत्रमा रास्वपा, कांग्रेस र अन्य दलका उम्मेदवारहरू विजयी भएका छन्, जसले नेकपाको प्रभावलाई कम गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टीलाई यो पटक ठुलो धक्का लागेको छ । २०७९ सालमा २८ सिट (तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी दलसहितले) प्रत्यक्षतर्फ जितेको नेकपाले यो पटक अहिलेसम्म ६ सिटमा विजय हासिल गर्दा एक सिटमा आग्रता कायम राखेको छ ।
नेकपाबाट निर्वाचित हुनेमा रुकुम पूर्वमा पुष्पकमल दाहाल प्रचण्ड, कालीकोटमा महेन्द्र बहादुर शाही, डोल्पामा धनबहादुर बुढा, सल्यानमा रमेश मल्ल, रुकुम पाश्चिममा गोपाल शर्मा र रोल्पामा वर्षमान पुन छन् ।
आइतबार बिहान ११ः ३० बजेसम्म सिन्धुपाल्चोक–२ मा युवराज दुलालले अग्राता कायमै राखेका छन् । दुलाल १७ हजार ५१२ मत सहित अग्रता कायमै राख्दा नेपाली कांग्रेसका वंशलाल तामाङ १५ हजार २४७ मतसहित पछ्याइरहेका छन् ।
अघिल्लो निर्वाचनमा साविक माओवादी केन्द्रले १८ सिट जितेको थियो । जसअनुसार खोटाङबाट रामकुमार राई, भोजपुरबाट सुदन किराती, मोरङ–४ बाट अमनलाल मोदी, काभ्रे–१ बाट सूर्यमान तामाङ, नुवाकोट–१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा, सिन्धुली–२ बाट लेखनाथ दाहाल र दोलखा–१ बाट गंगा कार्की निर्वाचित भएका थिए ।
त्यस्तै, गोरखा–२ बाट प्रचण्ड, बाग्लुङ–२ बाट देवेन्द्र पौडेल, दाङ–२ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, रुकुम पश्चिमबाट जनार्दन शर्मा, हुम्लाबाट छिरिङ डम्डुल लामा र सर्लाही–२ बाट महिन्द्र राय यादव विजयी भएका थिए ।
पछिल्लो चुनावी परिणाम अनुसार साविक माओवादीले जाजरकोट, हुम्ला, मोरङ–४, सिन्धुली–२, दाङ–२, बागलुङ–२, दोलखा, सिन्धुपाल्चोक–१, खोटाङ, काभ्रे–१, सर्लाही–२ गुमाएको छ ।
रुकुम पूर्व, कालीकोट, रुकुम पश्चिम, रोल्पा भने नेकपाले सुरक्षित गरेको छ । रुकुम पूर्वमा संयोजक प्रचण्ड, कालीकोटमा महेन्द्र बहादुर शाही, रुकुम पश्चिममा गोपाल शर्मा र रोल्पामा वर्षमान पुनले विरासत जोगाएका छन् । गोरखा–२, भोजपुर र नुवाकोट–१ नेकपाले गुमाउने निश्चित देखिन्छ ।
पछिल्लो मतगणना अनुसार नुवाकोट–१ मा रास्वपाका विक्रम तिम्सिना, गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी र भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज राईले अग्रता लिएका छन् ।
अघिल्लो पटक नेकपाले जितेको खोटाङमा श्रम संस्कृतिका आरेन राई विजयी भएका छन् । मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी, काभ्रे–१ मा रास्वपाका मधुकुमार चौलागाईं, सिन्धुपाल्चोक–१ मा रास्वपाका भरतप्रसाद पराजुली विजयी भएका छन् ।
यस्तै, हुम्लामा कांग्रेसका जयपति रोकाय, दोलखामा रास्वपाका जगदिश खरेल, जाजरकोटमा कांग्रेसका खडग बहादुर बुढा, सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल, दाङ–२ मा रास्वपाका विपिन कुमार आचार्य, बागलुङ–२ मा रास्वपाका सोम शर्मा र सर्लाही–२ मा रास्वपाकै रविन महतो निर्वाचित भएका छन् ।
यसैगरी साविक एकीकृत समाजवादीका माधव कुमार नेपाल रौतहट–१, धनबहादुर बुढा डोल्पा, मेटमणि चौधरी दाङ–१, प्रेमबहादुर आले डोटी, किसन कुमार श्रेष्ठ बारा–४, राजेन्द्र प्रसाद पाण्डे धादिङ–१, अम्बर बहादुर थापा दैलेख, प्रकाश ज्वाला सल्यान–१, शेरबहादुर कुँवर अछाम–१ र भानुभक्त जोशी बझाङबाट निर्वाचित भएका थिए ।
अघिल्लो पटक जितेको सल्यान र डोल्पा बाहेक सबै क्षेत्र योपटक नेकपाले गुमाएको छ । अघिल्लो पटक सल्यानका विजेता प्रकाश ज्वाला नै दोहोरिन चाहेका थिए । टिकट लिने बेला रमेश मल्लले असन्तुष्टि जनाएपछि ज्वाला चुनावी प्रतिस्पर्धाबाट पछि हटे । मल्लको चुनावी कमाण्डर बनेर उनले सल्यानको विरासत कायमै राखे । डोल्पामा धनबहादुर बुढाले अघिल्लो पटकको आफ्नै विरासत कायम राख्न सफल भए ।
रौतहट–४ मा सहसंयोजक माधव कुमार नेपाल दोहोरिएका थिए, तर नेपाल निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन् । यो क्षेत्रमा रास्वपाका राजेश कुमार चौधरी विजयी भए । यसैगरी डोटीमा कांग्रेसका भरत बहादुर खड्का, बझाङमा एमालेका ऐन बहादुर महर, दैलेखमा कांग्रेसकी वासना थापा, दाङ–१ मा रास्वपाका देवराज पाठक र अछाम–१ मा भरत कुमार स्वार विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण