कर्णालीमा कांग्रेस पहिलो पार्टी, रास्वपाको एक सिट मात्रै
सारांश
- कर्णाली प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसले ५ सिट जित्दै पहिलो पार्टी बनेको छ।
- नेपाली कम्युनिस्ट पार्टीले ४ सिट जितेर दोस्रो स्थान हासिल गरेको छ।
- निर्वाचनमा नेकपा एमाले, राप्रपा र रास्वपाले एक-एक सिट जितेका छन्।
काठमाडौँ । गत बिहीबार भएको निर्वाचनमा कर्णाली प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । प्रदेशका १२ सिट मध्ये ५ सिट जित्दै कांग्रेस पहिलो पार्टी बनेको हो ।
४ सिट जित्दै नेपाली कम्युनिस्ट पार्टी दोस्रो पार्टी बनेको छ भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले एक एक सिट जितेका छन् ।
कांग्रेसबाट मुगुमा खड्ग शाही, हुम्लामा जयपति रोकाय, जाजरकोटमा खड्कबहादुर बुढा, दैलेख १ मा वासना थापा र सुर्खेत– १ मा विष्णुबहादुर खड्का निर्वाचित भए ।
नेपाली कम्युनिस्ट पार्टीबाट कालिकोटमा महेन्द्रबहादुर शाही, सल्यानमा रमेश मल्ल, रुकुम पश्चिममा गोपाल शर्मा र डोल्पामा धनबहादुर बुढा निर्वाचित भए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्लामा ज्ञानबहादुर शाही निर्वाचित हुँदा एमालेबाट दैलेख २ मा लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुर्खेत २ मा रमेश सापकोटा निर्वाचित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण