युद्धका कारण इराकको विश्वकप प्ले–अफ खेल सार्न माग
सारांश
- इराकका प्रशिक्षक ग्राहम आर्नोल्डले इरानसँगको तनावका कारण विश्वकप प्ले–अफ स्थगित गर्न माग गरेका छन्।
- इराकले मेक्सिकोमा बोलिभिया वा सुरिनामसँग खेल्नुपर्ने छ, तर हवाई क्षेत्र बन्द हुँदा खेलाडी लैजान समस्या छ।
- सन् १९८६ पछि विश्वकपमा छनोट हुन चाहिरहेको इराकका लागि यो खेल महत्त्वपूर्ण छ।
बगदाद । इरानसँगको बढ्दो तनाव र सैन्य द्वन्द्वका कारण यसै महिना हुने तय भएको विश्वकप प्ले–अफको निर्णायक खेल स्थगित गर्न इराकका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले माग गरेका छन्। इराकले आगामी मार्च ३१ मा मेक्सिकोको मोन्टेरे सहरमा बोलिभिया वा सुरिनाममध्ये एकसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
यस अन्तर–महादेशीय प्ले–अफको विजेताले जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने सन् २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछ। तर, छिमेकी देश इरानमा जारी द्वन्द्वका कारण मध्यपूर्वमा उडानहरू ठप्प हुँदा इराकले आफ्ना खेलाडी र कर्मचारीलाई मेक्सिको पुर्याउन नसकिने चिन्ता व्यक्त गरेको हो।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेसँगै इराकले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। सन् १९८६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने दाउमा रहेको इराकका लागि स्वदेशमा रहेका खेलाडीविना मैदान उत्रनु ठुलो घाटा हुने आर्नोल्डको भनाइ छ।
सन् २०२५ मे मा इराकको प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियाली आर्नोल्डले भने, ‘यो ४० वर्षपछिको देशकै सबैभन्दा ठुलो खेल हो, त्यसैले हामीलाई उत्कृष्ट टोली चाहिन्छ। बाहिर रहेका खेलाडीले मात्र टोली बनाउँदा हाम्रो छनोट हुने सम्भावना कमजोर हुन्छ।’
इराकी जनता फुटबलप्रति निकै भावुक रहेको र ४० वर्षदेखि विश्वकपमा पुग्न नसकेको इतिहास बदल्न आफूले यो जिम्मेवारी सम्हालेको उनले बताए । ‘विमानस्थलहरू बन्द रहेको अवस्थामा हामी टोलीलाई मेक्सिको पुर्याउने अन्य विकल्पहरूको खोजी गरिरहेका छौँ,’ आर्नोल्डले थपे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण