बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

यी चार दल, जसले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्

मङ्गलबार, २६ फागुन २०८२, १० : ५६
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पहिलो स्थानमा रहेको छ, जसले ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ।
  • समानुपातिकतर्फ चार दलले अहिलेसम्म एक हजार मत कटाउन सकेका छैनन्।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ अहिलेसम्म एक करोड ४ लाख २४ हजार ५२७ सदर मत गणना भइसकेको छ ।

प्रत्यक्षतर्फ पहिलो रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि पहिलो छ । समानुपातिकतर्फ रास्वपाले ५० लाख ३ हजार १६८ मत प्राप्त गरिसकेको छ ।

समानुपातिकतर्फ चार वटा दलले अहिलेसम्म एक हजार मत कटाउन सकेका छैनन् ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म जनप्रिय लोकतान्त्रिक पार्टीले ८९९ मत प्राप्त गरेको छ ।

यस्तै, मितेरी पार्टी नेपालले ७४८, उन्नत लोकतन्त्र पार्टीले ७०२ र त्रिमुल नेपाल पार्टीले ६५१ मत प्राप्त गरेको छ ।

समानुपातिकतर्फ ५७ राजनीतिक दल सूचीकृत छन् । तीमध्ये रास्वपा नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले जारी मतगणनामा थ्रेस होल्ड अर्थात् कम्तीमा ३ प्रतिशत मत कटाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप